बाढीपहिरोबाट क्षतिग्रस्त माथिल्लो इङ्वा जलविद्युत आयोजनाको दुवै युनिटबाट विद्युत उत्पादन सुचारु
काठमाण्डौ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण क्षतिग्रस्त ९.७ मेगावाट क्षमताको माथिल्लो इङ्वा खोला साना जलविद्युत आयोजनाको मर्मत सम्भार तथा पुनःस्थापनापछि दुवै युनिटबाट विद्युत उत्पादन सुचारु भएको छ।इङ्वा हाइड्रोपावर लिमिटेडले पाँचथर र ताप्लेजुङ जिल्लाबाट भएर बग्ने इङ्वा खोलामा निर्माण गरी सञ्चालन गरिरहेको उक्त आयोजनामा गत जेठ ९ गते बिहान १२ बजेर १ मिनेटदेखि...

