जीवन बीमकले प्रवाह गरे झण्डै १ खर्बको बीमालेख धितो कर्जा, १६% ले बढ्यो ब्याज आम्दानी
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले झण्डै एक खर्ब रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ९७ अर्ब ५५ करोड रुपैयाँको कर्जा प्रवाह गरेका हुन् । बीमा कम्पनीले प्रवाह गरेको यो बीमालेख धितोकर्जा गत आवको तुलनामा ६.९० प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म जीवन बीमकले ९१ अर्ब २५ करोड रुपैयाँ बराबरको कर्जा...