बुधबार, माघ २३,२०८१ 12:26:06
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:26:06
IME remit
Global IME Bank Limited

जीवन बीमकले प्रवाह गरे झण्डै १ खर्बको बीमालेख धितो कर्जा, १६% ले बढ्यो ब्याज आम्दानी

Hyundai Nepal
जीवन बीमकले प्रवाह गरे झण्डै १ खर्बको बीमालेख धितो कर्जा, १६% ले बढ्यो ब्याज आम्दानी
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले झण्डै एक खर्ब रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ९७ अर्ब ५५ करोड रुपैयाँको कर्जा प्रवाह गरेका हुन् ।  

बीमा कम्पनीले प्रवाह गरेको यो बीमालेख धितोकर्जा गत आवको तुलनामा ६.९० प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म जीवन बीमकले ९१ अर्ब २५ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए ।  

यता बीमालेख धितो कर्जा प्रवाह गर्दा बीमितहरुबाट प्राप्त ब्याज आम्दानी समेत १६.४२ प्रतिशतले बृद्धि भएको छ । चालु आवको चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुले बीमालेख धितो कर्जाबाट ६ अर्ब ४८ करोड ब्याज आम्दानी गरेका छन् । जुन यो आम्दानी १६ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म यस्तो आम्दानी ५ अर्ब ५६ करोड रुपैयाँमा सीमित थियो ।  

जीवन बीमा कम्पनीहरुबाट बीमालेख धितो कर्जा प्रवाह बढ्न पुग्दा त्यसबाट हुने ब्याज आम्दानी समेत बृद्धि हुन पुगेको छ ।  

जीवन बीमा कम्पनीहरुमा बीमितले आफ्नो बीमालेख धितो राखी कर्जा लिन सकिने व्यवस्था छ । बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाले लिने ब्याजदर भन्दा सहुलियतमा आफ्नो बीमितलाई कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ ।  

जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ मा ‘बीमकले बीमालेखअन्तर्गत पुरा ३ वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भएपश्चात् तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भएपश्चात् बीमालेख समर्पण गर्न तथा धितो राखेर ऋण प्रदान गर्न सक्नेछ’ भनी उल्लेख छ ।  

बीमालेखबाहेक अन्य कुनै पनि वस्तु धितो राख्नु नपर्ने भएकाले बैंकको तुलनामा बीमा कम्पनीबाट ऋण लिने प्रक्रिया झन्झटमुक्त मानिन्छ । निर्देशिका बमोजिम बीमितले बीमा प्रारम्भ भएको तीन किस्ता प्रिमियम तिरेपछि प्रिमियम रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाउनेछन् ।  

जस्तै, एउटा बीमितले बीमा प्रारम्भ भएको ३ वर्षपछि बीमालेख धितो राखेर कर्जा लिनु परेमा, सो बीमितले सम्बन्धीत कम्पनीमा तीन किस्तामा ५ लाख रुपैयाँ प्रिमियम तिरिसकेको छ भने उसले कम्पनीबाट साढे ४ लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछ ।  

पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको अवस्था छ । बैंकहरुबाट पर्याप्त कर्जा प्रवाह हुन सकेको छैन । यस्तो अवस्थामा बीमा कम्पनीहरुबाट भने धमाधम बीमालेख कर्जा प्रवाह भइरहेको तथ्याङ्कले देखाएको छ ।  

जीवन बीमा कम्पनीहरुले बीमालेख धितो कर्जाको ब्याजदर १० प्रतिशतसम्म लिने गरेका छन् । यसअघि कम्पनीहरुले १२ प्रतिशतसम्म यस्तो कर्जाको ब्याज असुल्ने गरेका थिए ।  

Bizshala
CG Motors
Sagarmatha Cement

कुन कम्पनीबाट कति कर्जा प्रवाह ?

चालु आवको तेस्रो त्रैमाससम्म राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीको कर्जा प्रवाह बृद्धि भएको छ । चैत मसान्तसम्म सर्वाधिक नेपाल लाइफले बीमालेख धितो कर्जा प्रवाह गरेको छ । कम्पनी एक्लैले ३३ अर्ब ७१ करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको छ ।  

त्यस्तै, एलआइसी नेपालले २२ अर्ब ३५ करोड, नेशनल लाइफले ११ अर्ब ५५ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ६६ करोड, हिमालयन लाइफले ६ अर्ब ७५ करोड, एशियन लाइफले ४ अर्ब ९४ करोड, सुर्यज्योति लाइफले ४ अर्ब २ करोड, मेट लाइफले १ अर्ब ७२ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब २४ करोड, प्रभु महालक्ष्मीले १ अर्ब ५ करोड, सिटिजनले ७६ करोड, आइएमईले ६९ करोड, सन नेपालले ५९ करोड र रिलायबल नेपालले ४४ करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको छ ।  

गत आवको तुलनामा सर्वाधिक कर्जा प्रवाह बढाउनेमा भने सन नेपाल लाइफ रहेको छ । कम्पनीले गत आवको तुलनामा २२.२० प्रतिशतले कर्जा प्रवाह बढाएको छ ।  

बीमालेख धितोकर्जाबाट साढे ६ अर्ब रुपैयाँ आम्दानी  

जीवन बीमा कम्पनीहरुले बीमालेख धितोकर्जा प्रवाह गरी साढे ६ अर्ब रुपैयाँ ब्याज आम्दानी गरेको छन् । १४ जीवन बीमा कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ६ अर्ब ४८ करोड २५ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।  

गत आवको तुलनामा जीवन बीमकको यस्तो आम्दानी १६.४२ प्रतिशतले बृद्धि भएको छ । अधिकांश कम्पनीले बीमालेख धितोकर्जाबाट ब्याज आम्दानी बढाएका छन् । आइएमई लाइफ र एलआइसी नेपालको मात्रै यस्तो आम्दानी घटेको छ।  

सर्वाधिक नेपाल लाइफले २ अर्ब ४५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । त्यस्तै, एलआइसी नेपालले १ अर्ब ६९ करोड, नेशनल लाइफले ६८ करोड, हिमालयन लाइफले ४८ करोड, एशियन लाइफले ४० करोड, राष्ट्रिय जीवन बीमाले १८ करोड ३५ लाख, सूर्यज्योतिले १८ करोड ३० लाख, मेट लाइफले १४ करोड, सानिमा रिलायन्सले ७ करोड, प्रभु महालक्ष्मीले ४ करोड, आइएमईले ३ करोड, रिलायबल नेपाल लाइफले २ करोड र सन नेपालले १ करोड रुपैयाँ आम्दानी गरेको छ ।  

गत आवको तुलनामा सर्वाधिक यस्तो आम्दानी बढाउनेमा सानिमा रिलायन्स लाइफ रहेको छ । गत वर्ष बीमालेख धितो कर्जा प्रवाह गरी ७१ लाख रुपैयाँ मात्रै ब्याज आम्दानी गरेको सो कम्पनीले यस अवधिसम्म ८८२.४१ प्रतिशतले बढाएर ७ करोड ४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.