इन्टेलले २४ हजार कर्मचारी निकाल्ने
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो सेमीकन्डक्टर कम्पनीमध्ये एक इन्टेलले यस वर्ष आफ्नो कुल कर्मचारीमध्ये एक चौथाईलाई जागिरबाट हटाउने भएको छ । कम्पनीले ३२.६६ प्रतिशत अर्थात २४ हजार कर्मचारीलाई निकाल्ने भएको हो । यस्तै कम्पनीले नयाँ सीईओ लिप–बु तानको नेतृत्वमा ठूलो परिणाममा खर्च कटौती तथा कम्पनीको पुनर्संरचनाको घोषणा पनि गरेको छ ।