काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो सेमीकन्डक्टर कम्पनीमध्ये एक इन्टेलले यस वर्ष आफ्नो कुल कर्मचारीमध्ये एक चौथाईलाई जागिरबाट हटाउने भएको छ । कम्पनीले ३२.६६ प्रतिशत अर्थात २४ हजार कर्मचारीलाई निकाल्ने भएको हो ।
यस्तै कम्पनीले नयाँ सीईओ लिप–बु तानको नेतृत्वमा ठूलो परिणाममा खर्च कटौती तथा कम्पनीको पुनर्संरचनाको घोषणा पनि गरेको छ ।
यसका साथै कम्पनीले जर्मनी र पोल्याण्डमा आफ्नो आवश्यक एक्सप्रेशन प्रोजेक्ट पनि रद्द गरेको छ । कम्पनीले आर्थिक अवस्थामा सुधार ल्याउन र बजार प्रतिष्पर्धालाई बलियो बनाउन यस्तो निर्णय गरेको जनाएको छ ।
सन् २०२४ को अन्त्यसम्म इनटेलमा कुल कर्मचारी संख्या ९९ हजार ५ सय थियो । कटौतीपश्चात भने यो संख्या घटेर ७५ हजारमा खुम्चिने जनाइएको छ ।
सीईओ तानले कर्मचारीहरुलाई एक पत्र लेख्दै यो निर्णय कम्पनीका लागि महत्वपूर्ण भएको बताएका छन् । यो वर्षको दोस्रो त्रैमासमा कम्पनीले व्यवस्थापन तहलाई आधा घटाएको थियो ।