सोमबार, श्रावण १८,२०८३ 04:29:06
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:29:06
Bizshala
Global IME Bank Limited

इन्टेलका नवनियुक्त सीईओको तलब १० लाख डलर

इन्टेलका नवनियुक्त सीईओको तलब १० लाख डलर
New Office

काठमाण्डौ । अमेरिकी चिप निर्माता कम्पनी इन्टेलका नवनियुक्त प्रमुख कार्यकारी अधिकारी(सीईओ) लिप–बु टानको तलब १० लाख डलर निर्धारण गरिएको छ । यसका साथै उनले वार्षिक २० लाख डलर नगद बोनस समेत पाउने कम्पनीले जनाएको छ ।  

इन्टेलले गत बुधबार टानलाई कम्पनीको नयाँ सीईओ नियुक्त गरेको थियो । टेक कम्पनीको भेट्रानको रुपमा रहेका टानलाई कम्पनीलाई सफल चिप निर्माता कम्पनी तथा चिप डिजाइन केन्द्रको रुपमा रुपान्तरण गर्ने जिम्मेवारी दिइएको छ ।  

उनले मार्च १८ देखि कार्यभार सम्हाल्ने छन् । उनको करार सम्झौतामा तीन वर्षिय प्रगतिजन्य लक्ष्य समावेश गरिएको छ ।  

लामो समयसम्म टेक्नोलोजी लगानीकर्ताको रुपमा रहेका टानसँग चिप उद्योगमा गहिरो अनुभव रहेको छ ।  

इन्टेलका यसअघिका सीईओ प्याट गेलसिंगर थिए । उनको आधारभूत तलब १० लाख २५ हजार डलर थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.