जीवन विकास लघुवित्तको १.५० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखेको जनाएको छ । विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र मोरङमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

