काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आज एक सूचना जारी गर्दै आम सर्वसाधारणका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।
संस्थाले गत पुस ८ गते ३५ दिने सूचना जारी गर्दै संस्थाका विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । उक्त अवधिमा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेपछि संस्थाले बाँकी सेयर गत माघ ३० गतेदेखि फागुन १३ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको थियो ।
उक्त अवधिमा पनि १ लाख कित्ता बिक्री नभएकाले उक्त सेयर आजदेखि बिक्री गर्न लागिएको संस्थाले जनाएको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र मोरङमा रहेको संस्थाको केन्द्रीय कार्यालय वा बिक्री प्रबन्धक एनएमबी क्यापिटलमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।
त्यपछि कम्संस्थाले यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखेको जनाएको छ ।