हनुमन्ते खोलामा जलसतह बढेपछि लोकन्थलीका १६ परिवार सुरक्षित स्थानमा सारिए
काठमाण्डौ । लगातारको वर्षासँगै हनुमन्ते खोलाको जलसतह बढेपछि लोकन्थलीस्थित सिर्जना टोलका १६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार मध्यपुर ठिमी नगरपालिका–१ अन्तर्गत लोकन्थलीको होचो क्षेत्रमा पानी पस्न सक्ने जोखिम देखिएपछि ती परिवारलाई पूर्वसावधानीस्वरूप उद्धार गरिएको हो।हालसम्म बाढीको पानी मानव बस्तीमा प्रवेश गरिसकेको छैन।...

