काठमाण्डौ । लगातारको वर्षासँगै हनुमन्ते खोलाको जलसतह बढेपछि लोकन्थलीस्थित सिर्जना टोलका १६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार मध्यपुर ठिमी नगरपालिका–१ अन्तर्गत लोकन्थलीको होचो क्षेत्रमा पानी पस्न सक्ने जोखिम देखिएपछि ती परिवारलाई पूर्वसावधानीस्वरूप उद्धार गरिएको हो।हालसम्म बाढीको पानी मानव बस्तीमा प्रवेश गरिसकेको छैन। तर खोलाको बहाव र पानीको चाप बढ्दै गएपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर परिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले हनुमन्ते खोला आसपासका तटीय तथा होचा क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन र जलसतहको अवस्था हेरेर आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।