मनकामना इञ्जिनियरिङ हाइड्रोपावरका संस्थापक सेयरधनीले ४.६ लाख कित्ता सेयर बेच्ने
काठमाण्डौ । मनकामना इञ्जिनियरिङ हाइड्रोपावर लिमिटेडका एक संस्थापक सेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्ने भएका छन्।कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार संस्थापक सेयरधनी रामप्रसाद तिमिल्सिनाले आफ्नो स्वामित्वमा रहेको ४ लाख ६० हजार २०८ कित्ता सेयर बिक्री गर्ने मनसाय व्यक्त गरेका हुन्।

