मनकामना इन्जिनियरिङ हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । साउन २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ १७ गतेका लागि साधारण सभा आह्वान गरेको हो ।उक्त सभा नयाँ बानेश्वरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा बिहान साढे ८ बजेदेखि सुरु हुनेछ ।

