काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ७१ लाख ९८ हजार रुपैयाँ घाटामा रहेको थियो ।
कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ७ करोड ५७ लाख आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड ९४ लाख कमाएको थियो । यो अवधिमा कम्पनीको कर्मचारी खर्च २१ लाख ८३ हजार र अन्य सञ्चालन तथा प्रशासनिक खर्च ८ लाख ६७ हजार र ३ करोड ६१ लाख रुपैयाँ वित्त खर्च रहेको छ ।
यस्तै कम्पनीको रिटेन्ड अर्निङ २५ करोड ९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५ करोड ३३ लाख र कुल चालु दायित्व ४ करोड ३३ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.०४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६८.९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३८९६ गुणा र तरलता अनुपात १.२३ प्रतिशत कायम भएको छ ।