मुक्तिनाथ क्यापिटलका सेयरधनीले पाउने भए ७.५% लाभांश
काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमीटेडले आफ्ना सेयरधनीहरुलाई ७.५ प्रतिशतका दरले लाभांश प्रस्ताव पारित गरेको छ । काठमाण्डौको बौद्धस्थित सिद्धार्थ बुटिक होटलमा असोज ११ गते कम्पनीको १५ औं वार्षिक साधारणसभाले सञ्चालक समितिबाट गरिएको ७.५ प्रतिशतका दरले लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।