नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डले ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड लिमिटेडले संस्थापक शेयरधनीका लागि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार शुक्रबार सम्पन्न विशेष साधारण सभाबाट पारित निर्णयबमोजिम २०८३ साल असोज ३० गतेसम्म शेयरधनी दर्ता किताबमा कायम रहेका संस्थापक शेयरधनीका लागि हकप्रद शेयर निष्कासन गर्न लागिएको हो।

