लिग–२ का लागि नेपाली टोली घोषणा, कुशल भुर्तेल बाहिर
काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ।सन्दीप लामिछानेको कप्तानीमा घोषणा गरिएको टोलीमा अधिकांश खेलाडीलाई निरन्तरता दिइएको छ। हालै एसीसी प्रिमियर कप जितेको टोलीबाट भने दुई खेलाडी परिवर्तन भएका छन्।हेमन्त धामी टोलीबाट...

