राजनीतिक गतिविधिमा संलग्न शिक्षकमाथि कारबाही गर्नुपर्ने महासङ्घको धारणा
काठमाण्डौ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले राजनीतिक गतिविधिमा प्रत्यक्ष संलग्न हुने शिक्षकमाथि कारबाही गर्ने सरकारी निर्देशन कार्यान्वयन गर्नुपर्ने जनाएको छ।महासङ्घका महासचिव तुलबहादुर थापामगरले शिक्षकहरूको प्रत्यक्ष राजनीतिक संलग्नता उपयुक्त नहुने बताए।उनले वर्तमान परिस्थितिलाई समेत ध्यानमा राख्दै शिक्षकहरूले पेशागत मर्यादा कायम गर्नुपर्ने धारणा...

