नेपाल बैंकर्स संघको साधारण सभा सम्पन्न, अध्यक्षमा सन्तोष कोईराला निर्विरोध निर्वाचित
काठमाण्डौ । नेपाल बैंकर्स संघको आफ्नो ३८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभामा अध्यक्ष, उपाध्यक्ष तथा कार्यकारिणी समितिका तीनजना सदस्यहरुको निर्वाचनको कार्यक्रम समेत रहेकोमा सभाले संघको अध्यक्षमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई निर्विरोध निर्वाचित गरेको छ । उनी यसअघि संघको उपाध्यक्ष थिए । उनको कार्यकाल २ वर्षको हुनेछ ।...