काठमाण्डौ । नेपाल बैंकर्स संघको आफ्नो ३८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभामा अध्यक्ष, उपाध्यक्ष तथा कार्यकारिणी समितिका तीनजना सदस्यहरुको निर्वाचनको कार्यक्रम समेत रहेकोमा सभाले संघको अध्यक्षमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई निर्विरोध निर्वाचित गरेको छ । उनी यसअघि संघको उपाध्यक्ष थिए । उनको कार्यकाल २ वर्षको हुनेछ ।
साथै, उपाध्यक्ष पदमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द« राज रेग्मी िनर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी, सो साधारण सभाले कार्यकारिणी समितिका तीनजना सदस्यहरुमा सुदेश खालिङ, प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट बैंक लिमिटेड; रामचन्द्र खनाल, प्रमुख कार्यकारी अधिकृत, कुमारी बैंक लिमिटेड; र तिलक राज पाण्डेय, प्रमुख कार्यकारी अधिकृत, नेपाल बैंक लिमिटेड लाई निर्विरोध निर्वाचित गरेको छ ।
नयाँ कार्यसमितिमा सन्तोष कोइराला अध्यक्ष, सुनिल केसी निवर्तमान अध्यक्ष, रेग्मी उपाध्यक्ष तथा सदस्यहरुमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नेपाल एसबीआइ बैंकका दिपककुमार डे, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्जिव मानन्धर, एभरेष्ट बैंकका खालिङ, सिद्धार्थ बैंकका सुन्दरप्रसाद कँडेल, कुमारी बैंकका खनाल र नेपाल बैंकका पाण्डे रहेका छन्।
साथै, निवर्तमान अध्यक्ष सुनिल के.सी.कार्यसमितिको पदेन सदस्यको रुपमा रहने छन् भने पूर्व अध्यक्षहरु अशोक शमसेर जब राणा र ज्ञानेन्द« प्रसाद ढुङ्गाना कार्यसमितिको सल्लाहकारको रुपमा रपमा रहने छन् ।