नेपाल लाइफले २१.०५% लाभांश वितरण गर्ने
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २४ गते बुधबार साँझ बसेको सञ्चालक समितिको ४०४ औं बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

