नेप्से हजार अंकले घटेको देखिएपछि हलचल, सिस्टममाथि लगानीकर्ताको आक्रोश
काठमाण्डौ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सिस्टममा प्राविधिक गडबडी देखिएको छ । नियमित कारोबार बन्द भइसकेपछि नेप्से परिसूचक १००८.९३ अंक अर्थात् ३७ प्रतिशतले घटेर १७१७.७९ विन्दुमा कायम भएको देखिएको छ । यसरी अस्वभाविक रुपमा नेप्से घटेको देखिएपछि लगानीकर्ताहरुमा अन्योलतासँगै त्रास सिर्जना भएको छ । शुक्रबारको नियमित कारोबारमा नेप्से परिसूचक ७.९० अंकले बढेर...

