एनएमबी सरल बचत फण्ड–ई को लाभांश घोषणा
काठमाण्डौ । एनएमबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबी सरल बचत फण्ड–ई ले आर्थिक वर्ष २०८२÷८३ का लागि इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल (करसहित) वितरण गर्ने भएको छ।योजना व्यवस्थापक एनएमबी क्यापिटल लिमिटेडका अनुसार साउन २१ गतेसम्म कायम इकाइधनीलाई उक्त प्रतिफल वितरण गरिनेछ। प्रतिफल वितरणका लागि साउन २१ गते एक दिन बुक क्लोज गरिएको थियो।

