९ महिनामै पशुपति खाद्य तेलको सवा १० अर्ब व्यापार, ८५ प्रतिशत कारोबार निर्यातबाट
काठमाण्डौ । पशुपति खाद्य तेल उद्योगले गत आर्थिक वर्षको नौ महिनामै १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। भारततर्फको निर्यात उल्लेख्य रूपमा बढेसँगै कम्पनीको व्यापार छोटो अवधिमै उच्च बनेको हो।कम्पनीले गत आर्थिक वर्षको नौ महिनामा १० अर्ब १८ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। यो कारोबार कम्पनीले सन् २०२५ को पूरै वर्षमा गरेको १० अर्ब ३० करोड रुपैयाँको...

