हाइड्रोपावर कम्पनीहरुको नाफामा उल्लेख्य सुधार: सर्वाधिक कमाउनेमा अप्पर तामाकोशी, इपीएस कुनको कति ?
काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुको मुनाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको पहिलो त्रैमाससम्ममा हाइड्रोपावर कम्पनीहरुले ५ अर्ब ६ करोड ५२ लाख रुपैयाँ नाफा कमाएका छन् ।यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ९२.९२ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म हाइड्रो कम्पनीहरुले २ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएका थिए ।हाइड्रो कम्पनीहरुको विद्युत बिक्री आम्दानीमा...

