सोमबार, असार ८,२०८३ 11:33:33
Bizshala
  • सोमबार, असार ८,२०८३ 11:33:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हाइड्रो कम्पनीले ४२.५९% ले बढाए मुनाफा, २७ कम्पनी अझै घाटामा, इपीएस कुनको कति ?

Laxmi Sunrise Bank Limited
हाइड्रो कम्पनीले ४२.५९% ले बढाए मुनाफा, २७ कम्पनी अझै घाटामा, इपीएस कुनको कति ?

काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुको नाफामा सुधार देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा हाइड्रोपावर कम्पनीहरुको खुद नाफा ४२.५९ प्रतिशतले बृद्धि भएको छ ।  

सो अवधिसम्ममा ८९ वटा हाइड्रोपावर कम्पनीले ३ अर्ब ९० करोड ४९ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४२ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्ममा हाइड्रो कम्पनीहरुले २ अर्ब ७३ करोड ८४ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् । रिभर फल्स पावर र अप्पर लोहरे खोला हाइड्रोपावर बाहेक सबै कम्पनीले दोस्रो त्रैमासिक व्रित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

वित्तीय विवरणअनुसार अधिकांश हाइड्रो कम्पनीको विद्युत् बिक्री आम्दानीसँगै खुद नाफामा सुधार देखिएको छ । हाइड्रो कम्पनीहरुको विद्युत बिक्री आम्दानीमा भएको बृद्धि र सञ्चालन खर्च घट्दा नाफामा सुधार देखिएको उर्जा उत्पादकहरुको भनाई छ ।  

साथै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दा हाइड्रोपावरहरुको दायित्व घट्न पुगेर नाफामा सुधार देखिएको छ । चालु आवको दोस्रो त्रैमाससम्म ६२ वटा हाइड्रो कम्पनी नाफामा उक्लिएका छन् भने २७ हाइड्रोपावर भने अझै घाटामा रहेका छन् ।  

नाफा रहेका ६२ हाइड्रोपावरमध्ये अधिकांशको मुनाफा गत आवको तुलनामा बृद्धि देखिएको छ । केहीले गत वर्षको तुलनामा नोक्सानी घटाएका छन् । हाइड्रो कम्पनीहरुको नाफा बृद्धि देखिनुको मुख्य कारण दायित्व र खर्च घट्नु र विद्युत बिक्री आम्दानी बृद्धि हुनुले हो । सो अवधिसम्म अधिकांशको विद्युत ब्यापार पनि उल्लेखनीय बढ्न पुगेको छ ।  

दोस्रो त्रैमाससम्म सबैभन्दा बढी नाफा कमाउनेमा साहज उर्जा रहेको छ । कम्पनीले ७० करोड ९८ लाख रुपैयाँ नाफा कमाएर सर्वाधिक नाफा कमाउने कम्पनी बनेको छ । कम्पनीको यो नाफा गत आवको तुलनामा ५४.७८ प्रतिशत बढी हो ।  

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, दोस्रोमा सानिमा माई हाइड्रोले ६२ करोड १४ लाख रुपैयाँ, तेस्रोमा माउन्टेन इनर्जीले ५१ करोड २० लाख, चिलिमे हाइड्रोले ३८ करोड २८ लाख, ग्रीन भेन्चर्सले ३७ करोड ४१ लाख, सुपर माई हाइड्रोले ३५ करोड ४१ लाख, अपि पावरले ३१ करोड १६ लाख र सानिमा मिडिल तमोर हाइड्रोले २७ करोड रुपैयाँ नाफा कमाएको छ ।  

गत आवको तुलनामा सबैभन्दा बढी नाफा बढाउने कम्पनीमा भने अरुण भ्याली हाइड्रो रहेको छ । कम्पनीले गत आवको तुलनामा ७३४.९८ प्रतिशतले नाफा बढाएको छ ।  

साथै सो अवधिसम्म २७ वटा हाइड्रो कम्पनी भने अझै घाटामा देखिएका छन् । सबैभन्दा बढी घाटा ब्यहोर्नेमा अप्पर तामाकोशी हाइड्रो रहेको छ । कम्पनीले दोस्रो त्रैमाससम्म ८१ करोड ११ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

त्यस्तै, मेन्छियाम हाइड्रोले ३८ करोड ६७ लाख, माउन्टेन हाइड्रोले ३८ करोड १६ लाख, बलेफी हाइड्रोले १८ करोड १४ लाख, सान्जेन जलविद्युत कम्पनीले १३ करोड ५६ लाख, पाँचथर पावरले ७ करोड ७६ लाख, शिव श्री हाइड्रोले ६ करोड १५ लाख, पिपुल्स हाइड्रोले ५ करोड ६१ लाख र हिमाल दोलखा हाइड्रोले ३ करोड ६३ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

विद्युत् बिक्रीबाट हाइड्रो कम्पनीको रु.२१.४९ अर्ब आम्दानी  

हाइड्रोपावर कम्पनीहरुले चालु आवको दोस्रो त्रैमाससम्म विद्युत बिक्रीबाट २१ अर्ब ४९ करोड ५० लाख रुपैयाँ आम्दानी गरेका छन् । यो आम्दानी गत आवको तुलनामा ८.२२ प्रतिशत बढी हो ।  

गत आवको दोस्रो त्रैमाससम्म हाइड्रो कम्पनीहरुले बिजुली बेचेरै १९ अबृ ८६ करोड रुपैयाँ कमाएका थिए । हाइड्रो कम्पनीहरुको आम्दानीको मुख्य स्रोत भनेकै विद्युत बिक्री हो । योसँगै हाइड्रो कम्पनीले प्रयोग हुने ठूला उपकरण तथा इक्विपमेन्टहरुको बीमा गरेका हुन्छन् । कहिलेकाही त्यस्ता वस्तु क्षति पुगेर हाइड्रो कम्पनीहरुले बीमा कम्पनीसमक्ष दाबी गरेर बीमाको रकम भुक्तानी पाएका हुन्छन् । त्यस्तो रकम पनि हाइड्रो कम्पनीहरुले ब्यालेन्स सिटको आम्दानीमा देखाएका हुन्छन् ।  

सो अवधिसम्म अधिकांश हाइड्रो कम्पनीहरुले विद्युत बिक्री आम्दानी बढाएका छन् । सर्वाधिक बिजुली बेचेर आम्दानी गर्नेमा अप्पर तामाकोशी हाइड्रो रहेको छ । कम्पनीले सो अवधिसम्म ३ अर्ब ३४ करोड रुपैयाँ बिद्युत बिक्री आम्दानी गरेको छ । तर यो आम्दानी गत आवको तुलनामा भने ३७.४८ प्रतिशत कम हो ।  

त्यस्तै, साहज उर्जाले १ अर्ब ६१ करोड, सानिमा मिडिल तमोरले १ अर्ब ७ करोड, ग्रीन भेन्चर्सले ९९ करोड ५८ लाख, अपि पावरले ८५ करोड ८० लाख, माउन्टेन इनर्जीले ७९ करोड रुपैयाँ बिद्युत बिक्री आम्दानी गरेको छ । सबैभन्दा थोरै यस्तो आम्दानी गर्नेमा सुभम पावर रहेको छ । कम्पनीले जम्मा १ करोड ३० लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

इपीएस कुनको कति ?  

नाफामा सुधार देखिएसँगै हाइड्रो कम्पनीहरुको प्रतिसेयर आम्दानी (इपीएस)मा पनि सुधार देखिएको छ । धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) कति छ बुझ्न जरुरी हुन्छ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ ।  

यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

चालु आवको दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै इपीएस साहज उर्जाको रहेको छ। कम्पनीको इपीएस ३७.५६ रुपैयाँ छ । त्यस्तै, नेपाल हाइड्रो डेभलोपर्सको २४.१८ रुपैयाँ छ भने तेस्रो बढी इपीएस माण्डू हाइड्रोको २३.७७ रुपैयाँ छ ।  

यसका साथै सिक्लेस हाइड्रोको २३.४२ रुपैयाँ, अप्पर हेवाखोला हाइड्रोको २२.३५ रुपैयाँ, रुरु जलविद्युतको २१.१८ रुपैयाँ, युनाइटेड इदि मार्दीको २१.११ रुपैयाँ, मकर जितुमाया सुरीको १९.९७ रुपैयाँ, तेह्रथुम पावरको १९.८८ रुपैयाँ, माउन्टेन इनर्जीको १९.६७ रुपैयाँ, मिड सोलु हाइड्रोको १९.३५ रुपैयाँ र कालिका पावरको १६.२३ रुपैयाँ रहेको छ ।  

नाफा घटेसँगै यता २७ वटा हाइड्रोपावरको इपीएस भने ऋणात्मक अवस्थामा रहेको छ । सबैभन्दा धेरै मेन्छियाम हाइड्रोको ३८।७६ रुपैयाँ ऋणात्मक अवस्थामा छ ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.