आईतवार, कार्तिक १,२०८३ 01:52:42
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 01:52:42
Bizshala
Global IME Bank Limited

हाइड्रोपावर कम्पनीहरुको नाफामा उल्लेख्य सुधार: सर्वाधिक कमाउनेमा अप्पर तामाकोशी, इपीएस कुनको कति ?

Bizshala
हाइड्रोपावर कम्पनीहरुको नाफामा उल्लेख्य सुधार: सर्वाधिक कमाउनेमा अप्पर तामाकोशी, इपीएस कुनको कति ?
New Office

काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुको मुनाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको पहिलो त्रैमाससम्ममा हाइड्रोपावर कम्पनीहरुले ५ अर्ब ६ करोड ५२ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ९२.९२ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म हाइड्रो कम्पनीहरुले २ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएका थिए ।

हाइड्रो कम्पनीहरुको विद्युत बिक्री आम्दानीमा उल्लेख्य सुधार देखिदा नाफा बढ्न टेवा पुगेको हो । नेप्सेमा ९७ वटा हाइड्रो कम्पनी सूचीकृत छन्, तीमध्ये अझैपनि ५ कम्पनीले पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छैनन् ।

वित्तीय विवरण प्रकाशित गरेका ९२ हाइड्रो कम्पनीमध्ये ७९ वटा कम्पनी नाफामा देखिएका छन् भने १३ कम्पनी अझैपनि घाटामा देखिएका छन् । गत आवको सोही अवधिसम्म भने १७ कम्पनी घाटामा रहेका थिए ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

पहिलो त्रैमाससम्म सबैभन्दा बढी नाफा कमाउने कम्पनीमा अप्पर तामाकोशी हाइड्रोपावर रहेको छ । सोृ कम्पनीले १ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १६४.९९ प्रतिशत बढी हो ।

त्यस्तै, दोस्रो बढी नाफा कमाउनेमा साहज उर्जा रहेको छ । यो कम्पनीले ४९ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा २३.६६ प्रतिशत बढी हो ।

साथै माउन्टेन इनर्जीले ४२ करोड ३४ लाख, ग्रीन भेन्चर्स लिमिटेडले ३० करोड २८ लाख, राधी विद्युत कम्पनीले २७ करोड ८५ लाख, अपि पावरले २६ करोड २७ लाख, सानिमा मिडिल तमोरले २१ करोड, चिलिमेले २० करोड ५८ लाख, सानिमा माई हाइड्रोले १६ करोड ४७ लाख, सान्जेनले १५ करोड ३८ लाख, बलेफीले १२ करोड ४४ लाख, अप्पर सोलु हाइड्रोले ११ करोड ६४ लाख रुपैयाँ र सिंगटी हाइड्रोपावरले ११ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ ।

नाफामा उक्लिएका अधिकांश कम्पनीहरुको नाफा गत आवको  तुलनामा बढेको देखिएको छ । सबैभन्दा बढी नाफा ग्रोथ गर्ने कम्पनीमा हिम स्टार उर्जा कम्पनी रहेको छ । यो कम्पनीको नाफा १८०३.४५ प्रतिशतले बढेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

विद्युत बिक्रीबाट रु.१६.११ अर्ब आम्दानी

हाइड्रोपावर कम्पनीहरुले चालु आवको पहिलो त्रैमाससम्म विद्युत बिक्री गरेर १६ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेका छन् ।

यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा ४।८७ प्रतिशत बढी  हो । गत आवको पहिलो त्रैमाससम्म हाइड्रो कम्पनीहरुले बिजुली बेचेर १५ अर्ब ३७ करोड रुपैयाँ आम्दानी गरेका थिए ।

सो अवधिसम्म सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावरले बिजुली बेचेरै ३ अर्ब ८५ करोड रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत आवको तुलनामा ३१।५३ प्रतिशत बढी हो ।

इपीएस कुनको कति ?

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी (इपीएस)भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

सो अवधिसम्म सबैभन्दा बढी इपीएस राधी विद्युत कम्पनीको ६०.५८ रुपैयाँ रहेको छ ।

त्यस्तै, साहस उर्जाको ५२.३७ रुपैयाँ, अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको ४१.४६ रुपैयाँ, सिक्लेस हाइड्रोको ४१.२७ रुपैयाँ, तेह्रथुम पावरको २८.१२ रुपैयाँ, रु रु जलविद्युत कम्पनीको २३.२२ रुपैयाँ, युनाइटेड इदी मार्दीको २३.०८ रुपैयाँ, मिड सोलु हाइड्रोको २२.३६ रुपैयाँ, नेपाल हाइड्रो डेभलोपर्सको २२.३३ रुपैयाँ र सुपर मादी हाइड्रोपावरको २०.३० रुपैयाँ रहेको छ ।

 

*यसअघिको समाचारसँगै प्रकाशित टेबलमा PPCL को इपीएस वार्षिकीकरण नगरिएको पर्न गएकोमा त्यसलाई वार्षिकीकृत गरेर पुनः राखिएको छ ।  

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.