पुमाले विश्वभरबाट ५ सय कर्मचारी निकाल्ने, केही स्टोरहरु समेत बन्द गर्ने
काठमाण्डौ । चर्चित स्पोर्टवेयर ब्राण्ड,‘पुमा’ ले विश्वभरबाट ५ सय कर्मचारी कटौती गर्ने भएको छ । यसका साथै कम्पनीले अमेरिकी ग्राहकको अनिश्चित मागका कारण केही नाफामा जान नसक्ने स्टोरहरु समेत बन्द गर्ने भएको छ । कम्पनीको निराशाजनक त्रैमासिक तथा वार्षिक प्रतिवेदन सार्वजनिक भएसँगै सेयरमूल्यमा २३ प्रतिशतको गिरावट आएको छ । जसको परिणामस्वरुप कम्पनीले कर्मचारी कटौती र स्टोर...