शुक्रबार, श्रावण २९,२०८३ 04:16:20
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 04:16:20
Bizshala
Global IME Bank Limited

पुमाले विश्वभरबाट ५ सय कर्मचारी निकाल्ने, केही स्टोरहरु समेत बन्द गर्ने

Prabhu Bank Limited
पुमाले विश्वभरबाट ५ सय कर्मचारी निकाल्ने, केही स्टोरहरु समेत बन्द गर्ने
New Office

काठमाण्डौ । चर्चित स्पोर्टवेयर ब्राण्ड,‘पुमा’ ले विश्वभरबाट ५ सय कर्मचारी कटौती गर्ने भएको छ । यसका साथै कम्पनीले अमेरिकी ग्राहकको अनिश्चित मागका कारण केही नाफामा जान नसक्ने स्टोरहरु समेत बन्द गर्ने भएको छ ।  

कम्पनीको निराशाजनक त्रैमासिक तथा वार्षिक प्रतिवेदन सार्वजनिक भएसँगै सेयरमूल्यमा २३ प्रतिशतको गिरावट आएको छ । जसको परिणामस्वरुप कम्पनीले कर्मचारी कटौती र स्टोर बन्द गर्ने निर्णय गरेको हो ।  

CG Motors

कम्पनीका सीईओ आर्ने फ्युडेन्टले अमेरिकाका लक्षित ग्राहकवर्गले बढ्दो अनिश्चितताका कारण खर्चमा कटौती गरिरहेको बताए । कम्पनीको कमजोर त्रैमासिक बिक्री र निराशाजनक वार्षिक नाफाका कारण प्रतिष्पर्धि कम्पनी एडिडास र नाइकीसँग प्रतिष्पर्धामा पछि पर्ने चिन्ता उत्पन्न भएको छ । यसका साथै नयाँ उदयिमान ब्राण्डहरु अन रनिङ र होकाले समेत कम्पनीलाई चुनौति दिईरहेका छन् ।  

यस्तै १० प्रतिशत चिनियाँ उत्पादन कम्पनीले अमेरिकामा निर्यात गर्दै आईरहेको छ । जसमा ट्रम्पले अब भन्सार शुल्कको व्यवस्था गरेका छन् । यसका कारण पुमाले आफ्ना आपूर्तिकर्तालाई चीनबाट बाहिरिएर इन्डोनेशियमा सिफ्ट हुन आग्रह गरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X