भोटेकोशी विपद्पछि दलहरू फेरि एक ठाउँमा, सिंहदरबारमा सर्वदलीय बैठक सुरु
काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ।रास्वपा संसदीय दलको कार्यालयमा बुधबार बिहान सुरु भएको बैठकको मुख्य एजेन्डा भोटेकोशी–त्रिशूली बाढीपछिको पुनर्निर्माण, पुनःस्थापना तथा विपद् व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने रहेको छ।रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार...

