बुधबार, भाद्र ३१,२०८३ 03:44:26
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 03:44:26
Bizshala
Global IME Bank Limited

रवि लामिछानेको भारत भ्रमण तालिका सार्वजनिक, जेठ १८–२२ सम्म दिल्ली र अयोध्या जाने

रवि लामिछानेको भारत भ्रमण तालिका सार्वजनिक, जेठ १८–२२ सम्म दिल्ली र अयोध्या जाने
New Office

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर राजनीतिक चासो बढिरहेका बेला पार्टीले भ्रमणको औपचारिक कार्यक्रम प्रस्थानको ठीक अघिल्लो रात मात्र सार्वजनिक गरेको छ ।  

भारतीय जनता पार्टी (भाजपा) ले निमन्त्रणासहित भ्रमणबारे जानकारी सार्वजनिक गरेपछि रास्वपाले पनि आफ्नो धारणा र तालिका सार्वजनिक गरेको हो ।

Shivam Cement
Bizshala
CG Motors

रास्वपाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सभापति लामिछाने जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा रहनेछन् ।  

भ्रमण भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा हुन लागेको जनाइएको छ ।

पार्टीका अनुसार भ्रमणका क्रममा लामिछानेले नयाँदिल्लीमा राजनीतिक तथा कूटनीतिक तहका विभिन्न भेटवार्ता गर्नेछन् ।  

भारतीय सत्तारुढ दल भाजपा नेतृत्वसँग छलफल गर्नुका साथै नेपाल–भारत सम्बन्ध, समसामयिक राजनीतिक विषय र आपसी हितका मुद्दामा संवाद हुने अपेक्षा गरिएको छ ।

रास्वपाले भ्रमणलाई केवल राजनीतिक भेटघाटमा सीमित नराखी प्रवासी नेपाली समुदायसँगको अन्तरक्रियाको अवसरका रूपमा पनि प्रस्तुत गरेको छ ।  

भारतमा बसोबास गर्ने नेपाली समुदाय, शुभेच्छुक तथा समर्थकहरूसँग सभापति लामिछानेको भेटघाट कार्यक्रम तय गरिएको बताइएको छ ।

Muktinath Bikas Bank Limited

भ्रमण तालिकामा धार्मिक आयाम पनि जोडिएको छ । पार्टीका अनुसार लामिछाने व्यक्तिगत कार्यक्रमअन्तर्गत अयोध्या जानेछन् ।  

पछिल्ला वर्षहरूमा भारतीय राजनीतिक वृत्तमा धार्मिक कूटनीतिक महत्व बढिरहेका बेला अयोध्या भ्रमणलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

भारत भ्रमणमा लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिन आचार्य तथा सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य सहभागी हुनेछन् ।

रास्वपाले नयाँदिल्लीस्थित नेपाली दूतावासले भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटवार्ता र कार्यक्रम व्यवस्थापनमा समन्वयात्मक सहयोग गरिरहेको जनाएको छ ।

राजनीतिक वृत्तमा भने भ्रमणको समय, कार्यक्रम सार्वजनिक गर्ने ढाँचा र भारतीय पक्षबाट पहिला सूचना बाहिरिनुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।  

रास्वपाले आफ्नो सभापतिको भ्रमणबारे औपचारिक जानकारी दिनुअघि नै भाजपाले विवरण सार्वजनिक गरेको विषयले कूटनीतिक तथा राजनीतिक सन्देशबारे थप चर्चा सुरु गराएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.