अघिल्लो आवमा घाटामा रहेको रावा इनर्जी १.३४ करोड नाफा आर्जन गर्न सफल, आम्दानी पनि १०८% ले बढ्यो
काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको रावा इनर्जी डेभलपमेन्ट लिमिटेड चालु आवको दोस्रो त्रैमाससम्म नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५ लाख १७ हजार रुपैयाँ घाटामा रहेको थियो । समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत ५ करोड ५० लाख रुपैयाँ आम्दानी...