काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको रावा इनर्जी डेभलपमेन्ट लिमिटेड गत आवको चौथो त्रैमाससम्म नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले उक्त अवधिसम्म १ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ४६लाख ५४ हजार रुपैयाँ घाटामा रहेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत ८ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४६५.६५ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्म विद्युत बिक्रीबाट १ करोड ४८ लाख रुपैयाँ कमाएको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म कर्मचारीका लागि ५७ लाख ९९ हजार रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा २२६.९४ प्रतिशतले धेरै हो । यस्तै अघिल्लो आवसम्म १६ लाख २१ हजार रुपैयाँ रहेको कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च बढेर १६ लाख २७ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीले समीक्षा अवधिसम्म ३८ करोड ४४ लाख दीर्घकालिन कर्जा र ४० करोड ६२ लाख रुपैयाँ अल्पकालिन कर्जा लिएको छ । कम्पनीको रिटेन्ड अर्निङ ६ करोड ९० लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।
यो अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति ३ करोड ११ लाख र कुल चालु दायित्व ६ करोड ५४ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)६.५३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ७५.३५ रुपैयाँ कायम भएको छ ।