बुधबार, चैत्र २०,२०८१ 02:10:09
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:10:09
IME remit
Global IME Bank Limited

रावा इनर्जीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai Nepal
रावा इनर्जीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले पाँचौं वार्षिक साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभा डाकेको हो ।  

उक्त सभा आगामी पुस १६ गते काठमाण्डौको पुरानो बानेश्वरमा रहेको मानसरोवर पार्टी प्यालेसमा अपरान्ह १ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिको गठन,संख्या र कार्यकाल गठनको सम्बन्धमा सञ्चालक समितिले पेश गरेको संशोधन प्रस्तावलाई पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा संस्थापक सेयरधनीमध्येबाट रिक्त संस्थापक सञ्चालक पदमा निर्वाचन गर्ने र रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा सञ्चालक समितिले सिफारिस गरेका व्यक्तिलाई नियुक्त गर्न साधारण सभासमक्ष पेश गर्ने लगायतका विविध प्रस्ताव समेत पारित हुनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको साधारण सभामा भाग लिन योग्य हुनेछन् ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.