पेटीएम पेमेन्ट्स बैंकलाई नयाँ ग्राहक बनाउन भारतीय केन्द्रीय बैंकको रोक
काठमाण्डौ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया(आरबीआई) ले भुक्तानी प्रदायक कम्पनी पेटीएम पेमेन्ट्स बैंकलाई नयाँ ग्राहक बनाउन रोक लगाएको छ । प्रणाली लेखापरीक्षण प्रतिवेदन र त्यसपछिको कम्प्लायन्स भ्यालिडेसन प्रतिवेदनमा कम्पनीले निरन्तर मापदण्ड उल्लंघन गरेको देखिएकाले कारबाही गरिएको आरबीआईले जनाएको छ ।