काठमाण्डौ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया(आरबीआई) ले भुक्तानी प्रदायक कम्पनी पेटीएम पेमेन्ट्स बैंकलाई नयाँ ग्राहक बनाउन रोक लगाएको छ । प्रणाली लेखापरीक्षण प्रतिवेदन र त्यसपछिको कम्प्लायन्स भ्यालिडेसन प्रतिवेदनमा कम्पनीले निरन्तर मापदण्ड उल्लंघन गरेको देखिएकाले कारबाही गरिएको आरबीआईले जनाएको छ ।
यसका साथै फेब्रुअरी २९ पश्चात वर्तमानका ग्राहकहरुको खातामा पनि अकाउन्ट ऐड गर्न रोक लगाइने आरबीआईले जनाएको छ । यो कारबाही पश्चात पेटीएम बैंकमा कर्जा निक्षेप कारोबार गर्न नमिल्ने जनाइएको छ ।
यस्तै फेब्रुअरी २९ पछि पेटीएम बैंकले बैंकिङ सेवा समेत प्रदान गर्न सक्ने छैन ।
आगामी दिनमा पनि कम्पनीविरुद्ध अन्य कारबाही गरिने आरबीआईले जनाएको छ । तथापी वर्तमानका ग्राहकहरुले अहिले पैसा झिक्न र प्रयोग गर्न पाउने स्पष्ट पारेको छ ।