भारतका विदेशमन्त्रीको पाकिस्तानमाथि कडा प्रतिक्रिया, ‘आतंकवादलाई सामान्य बनाउन खोजे स्वीकार्य हुँदैन’
काठमाण्डौ । संयुक्त राष्ट्र महासभामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दिएको अभिव्यक्तिप्रति भारतले कडा प्रतिक्रिया जनाएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले पाकिस्तानको नाम नलिई आतंकवादको विषयलाई लिएर कडा टिप्पणी गरेका हुन्।जयशंकरले निरन्तर आतंकवाद फैलाउने देशले त्यसलाई सामान्य विषयका रूपमा प्रस्तुत गर्दै त्यसका परिणामबाट उम्कन खोजे त्यो स्वीकार्य नहुने...

