चुरोट व्यापारबाट सूर्य नेपालको आम्दानी उकालो, एक वर्षमै सवा ३२ अर्बको कारोबार
काठमाण्डौ । नेपालका ठूला उत्पादनमूलक कम्पनीमध्ये एक सूर्य नेपाल प्रालिले एक वर्षमै ३२ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। कम्पनीले सन् २०२५ मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो।कम्पनीको कारोबार अघिल्ला वर्षहरूको तुलनामा उल्लेख्य रूपमा बढेको देखिन्छ। सन् २०२४ मा सूर्य नेपालले करिब २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा २८ अर्ब ९९ करोड...

