देशभर ९८ प्रतिशत धान रोपाइँ पूरा, सुदूरपश्चिममा शतप्रतिशत
काठमाण्डौ । यस वर्ष देशभर धान रोपाइँ लगभग अन्तिम चरणमा पुगेको छ। कृषि विभागको पछिल्लो तथ्यांकअनुसार धानखेती हुने कुल क्षेत्रफलमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।विभागका अनुसार हालसम्म देशभर १३ लाख ४१ हजार ७६४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ। गत वर्ष यही अवधिमा ९६.०८ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष करिब २ प्रतिशत बिन्दुले सुधार देखिएको हो।प्रदेशगत...

