सडक मर्मतका लागि १५ अर्ब ५५ करोड बजेट आवश्यक, नयाँ निर्माणभन्दा सडक संरक्षणमा जोड, विभागको प्राथमिकता मर्मतसम्भार
काठमाण्डौं । सडक विभागले आगामी आर्थिक वर्षका लागि देशभर फैलिएको रणनीतिक सडक सञ्जालको संरक्षण, स्तरोन्नति तथा नियमित मर्मतसम्भार गर्न १५ अर्ब ५५ करोड रुपैयाँ बराबरको बजेट आवश्यक पर्ने प्रक्षेपण गरेको छ। विभागद्वारा आयोजित ‘एकीकृत वार्षिक सडक मर्मत योजना’ सम्बन्धी कार्यशाला गोष्ठीमा सार्वजनिक गरिएको विवरणअनुसार राष्ट्रिय राजमार्ग, सहायक सडक तथा अन्य रणनीतिक सडक...

