Bizshala
  • शुक्रबार, भाद्र १२,२०८३ 02:32:45
Bizshala
Global IME Bank Limited

गल्छी–बैरेनी खण्ड एकतर्फी खुल्यो, साँझसम्म पृथ्वी राजमार्ग पूर्ण सञ्चालनको तयारी

गल्छी–बैरेनी खण्ड एकतर्फी खुल्यो, साँझसम्म पृथ्वी राजमार्ग पूर्ण सञ्चालनको तयारी
New Office

 

 काठमाण्डौ । बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत गल्छी–बैरेनी खण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ।

सडक विभागका अनुसार बिहीबार साँझदेखि अवरुद्ध रहेको सडकको एकतर्फी भाग खुलाएर सवारी आवागमन सुरु गरिएको हो।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी तथा लेदोका कारण राजमार्गका विभिन्न स्थानमा सडक पुरिनुका साथै केही संरचनामा क्षति पुगेपछि यातायात अवरुद्ध भएको थियो।

जरिखेत क्षेत्रमा पुल बगाउनुका साथै सडकमा ठूलो मात्रामा डेब्रिज थुप्रिएको थियो। उक्त डेब्रिज हटाउने काम सम्पन्न भएपछि सो क्षेत्रमा पनि यातायात सञ्चालनमा आएको विभागले जनाएको छ।

यद्यपि राजमार्ग अझै पूर्ण रूपमा खुलिसकेको छैन।

Bizshala
CG Motors

जरिखेतभन्दा मलेखुतर्फ पर्ने पोखरी, बाँगे र गलौंदी क्षेत्रमा करिब ७०० मिटर सडकमा जमेको बाक्लो लेदो हटाउने काम जारी छ। सडक विभागका अनुसार उक्त क्षेत्र सफा गर्न शुक्रबार साँझसम्म समय लाग्न सक्नेछ।

पोखरी, बाँगे र गलौंदी क्षेत्रमा जमेको लेदो पूर्ण रूपमा हटाइएपछि पृथ्वी राजमार्गमा दुईतर्फी तथा नियमित यातायात सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

हाल गल्छी–बैरेनी क्षेत्रमा एकतर्फी यातायात मात्र सञ्चालन भइरहेकाले सवारी चालक तथा यात्रुलाई सावधानी अपनाउन र ट्राफिक तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.