सन नेपाल लाइफको ५२ हजार ८२७ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा रहेको छ। आज ३५ दिने सूचना प्रकाशित गर्दै कम्पनीले संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५२ हजार ८२७ कित्ता संस्थापक सेयर बिक्री गर्न कम्पनीसमक्ष निवेदन दिएको जनाएको हो।

