सयपत्री हाइड्रोपावरको पावरहाउसमा माटोको लेदो थुप्रियो, विद्युत् उत्पादन बन्द
काठमाडौं। सयपत्री हाइड्रोपावर लिमिटेडले बागलुङको ताराखोला गाउँपालिकामा सञ्चालित आयोजनास्थलमा बाढीका कारण थप क्षति भएको जनाएको छ।कम्पनीका अनुसार बाढीका कारण आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको हरिचौर सबस्टेसनसम्म रहेको ३३ केभी प्रसारण लाइनका पोल तथा तारमा क्षति पुगेपछि विद्युत् उत्पादन तथा प्रसारण कार्य बन्द रहेको छ। यसअघि पनि कम्पनीले बाढीका कारण...

