सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गर्ने अनेरास्ववियुका सात जना कार्यकर्ता पक्राउ
काठमाण्डौ । सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्ने नेकपा (एमाले) निकट अनेरास्ववियुका सात जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनेरास्ववियुका कार्यकर्ता बुधबार बिहान सिंहदरबार पुगेका थिए। उनीहरूले पर्चा–पम्प्लेटसहित दक्षिण गेटमा प्रदर्शन गरेका थिए।

