काठमाण्डौ । सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्ने नेकपा (एमाले) निकट अनेरास्ववियुका सात जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनेरास्ववियुका कार्यकर्ता बुधबार बिहान सिंहदरबार पुगेका थिए। उनीहरूले पर्चा–पम्प्लेटसहित दक्षिण गेटमा प्रदर्शन गरेका थिए।
प्रदर्शनमा सहभागी सात जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित विद्यार्थी नेताहरू रहेका छन्।
उनीहरूलाई हाल सिंहदरबार वृत्तमा राखिएको प्रहरीले जनाएको छ।

