अर्थमन्त्री र सेबोन अध्यक्षमाथि लगानीकर्ता रुष्ट, ‘पूँजीबजार बिरामी भयो लौन डाक्टर साहेब उपचार गर्नुपर्यो’
काठमाण्डौ । पछिल्लो समय पूँजीबजारमा देखिएको अस्थिरता र लगानीकर्ताको बढ्दो निराशाबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल प्रसाद भट्टमाथि लगानीकर्ताले आलोचना गर्न थालेका छन् । लगानीकर्ताहरूले अर्थमन्त्री र सेबोन अध्यक्षले पूँजीबजार सुधार तथा लगानीकर्ताको मनोबल बढाउने विषयमा ठोस काम गर्नुभन्दा सार्वजनिक अभिव्यक्ति र...

