बिहीबार, आश्विन २९,२०८३ 11:42:50
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 11:42:50
Bizshala
Global IME Bank Limited

जोखिम-आधारित सेयर धितो कर्जा नीति बजार स्थायित्वतर्फ सकारात्मक कदम : तारा फुल्लेल

Bizshala
जोखिम-आधारित सेयर धितो कर्जा नीति बजार स्थायित्वतर्फ सकारात्मक कदम : तारा फुल्लेल
New Office

काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेलले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले सेयर धितो कर्जामा सबै सूचीकृत कम्पनीलाई एउटै मापदण्डमा राख्ने पुरानो अभ्यासबाट अघि बढ्दै जोखिम–आधारित मूल्याङ्कनलाई प्राथमिकता दिने स्पष्ट संकेत गरेको बताएका छन् ।  

मौद्रिक नीतिमार्फत आएको यस व्यवस्थाले कम्पनीको वित्तीय अवस्था, सुशासन, पारदर्शिता तथा समग्र जोखिमको आधारमा कर्जा प्रवाह हुने वातावरण सिर्जना हुने उनले बताए ।

नीतिअनुसार बलियो वित्तीय आधार, राम्रो सुशासन र उच्च पारदर्शिता भएका कम्पनीका सेयर धितोमा कर्जा प्राप्त गर्न सहज हुने सम्भावना बढ्ने उनले आँकलन गरे ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

फुल्लेलका अनुसार कमजोर वित्तीय अवस्था वा उच्च जोखिम भएका कम्पनीमा अत्यधिक कर्जा प्रवाह स्वतः सीमित हुने भएकाले बजारमा देखिने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

उनका अनुसार यस्तो व्यवस्थाले लगानीकर्तालाई हल्ला, अफवाह वा छोटो अवधिको सट्टेबाजीभन्दा कम्पनीको वास्तविक वित्तीय अवस्था, नाफा, सुशासन र दीर्घकालीन सम्भावनाको आधारमा निर्णय लिन प्रेरित गर्नेछ । यो व्यवस्थाले गुणस्तरीय कम्पनीतर्फ लगानी आकर्षित गर्दै पुँजीबजारको समग्र गुणस्तर सुधार गर्न योगदान पुर्याउन सक्ने उनले बताए ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

‘दीर्घकालीन रूपमा जोखिम–आधारित कर्जा प्रणालीले बजारको विश्वसनीयता अभिवृद्धि गर्नुका साथै संस्थागत लगानीकर्ताको सहभागिता बढाउन र वित्तीय प्रणालीको स्थायित्वलाई मजबुत बनाउन सहयोग पुग्नेछ’ उनले  भने, ‘साथै स्वस्थ प्रतिस्पर्धा, विवेकपूर्ण कर्जा प्रवाह र गुणस्तरीय लगानी संस्कृतिको विकासमार्फत नेपालको पुँजीबजारलाई अझ परिपक्व, पारदर्शी र दिगो बनाउने दिशामा यो नीति सकारात्मक छ ।’

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.