बुटवलमा तिनाउको बाढीले ५ घर बगायो, सयौंलाई सुरक्षित स्थानमा सारियो
काठमाण्डौ । तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टप मजुवाका पाँच घर बगाएको छ। नदीमा पानीको सतह बढ्दै गएपछि नदी आसपासका क्षेत्रमा जोखिम बढे पनि स्थानीय प्रशासनको सक्रियताका कारण मानवीय क्षति हुनबाट जोगिएको छ।शनिबार दिउँसोदेखि तिनाउ नदीमा पानीको बहाव बढेपछि बिनापाते, बुद्धनगर, मजुवा र टप मजुवा क्षेत्रमा नदी किनारमा बसोबास गर्ने सयौं स्थानीयलाई सुरक्षित...

