आम्दानी बढेसँगै युनाइटेड इदि मर्दिका नाफामा १०८% को सुधार
काठमाण्डो । युनाइटेड इदि मर्दि एण्ड आरबी हाईड्रोपावर लिमिटेडको आम्दानी बढेसँगै नाफा समेत वृद्धि भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत १३ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.९५ प्रतिशतले बढी हो । आम्दानीमा आएको बढोत्तरीसँगै कम्पनीको नाफा १०८.४९ प्रतिशतले बढेको छ ।