काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीको ५ प्रतिशत दरको कुल २ लाख ३० हजार ४१२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् कम्पनीको कुल सेयर संख्या ४८ लाख ३८ हजार ६५२ कित्ता पुगेको छ ।
उक्त सूचीकृत बोनस सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

