काठमाण्डो । युनाइटेड इदि मर्दि एण्ड आरबी हाईड्रोपावर लिमिटेडको आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म विद्युत बिक्रीमार्फत ६ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ९०.४६ प्रतिशतले कम हो ।
यो अवधिमा कम्पनीको खुद नाफा २४.६९ प्रतिशतले घटेको छ । कम्पनीले २ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीको कुल सञ्चालन खर्च ८७.३३ प्रतिशतले बढ्दै १ करोड ५७ लाख पुगेको छ । यस्तै गैर सञ्चालन खर्च भने २ करोड २७ लाखबाट घटेर २ करोड १० लाखमा सीमित बनेको छ ।
कम्पनीको चुक्तापूँजी ४६ करोड ८ लाख रुपैयाँ रहेकोमा रिजर्भको आकार ५ करोड ४० लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२३.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १११.७३ र मूल्य आम्दानी अनुपात २३.२८ गुणा कायम भएको छ ।

