युनाइटेड इदी मर्दी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने
काठमाडौँ । युनाइटेड इदी मर्दी एन्ड आर.बी. हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न आगामी पुस २५ गते शुक्रबार १७औँ वार्षिक साधारण सभा बोलाएको छ ।

